धादिङ १३ माघ
९ औँ धादिङ महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको त्रिशुली नदीमा र्याफ्टिङ गर्न मुला आयोजक समितीले टिकटमा सहुलियत प्रदान गरिएको छ ।
दुई वटा प्याकेजमा चलि रहेको र्याफ्टिङमा आज शनिवारको दिन विषेश छुटका साथ सञ्चालन गरिने आयोजक समिती सदस्य रोहित भण्डारीले रेडियो बिहानीलाई बताउनुभयो ।
यसअघि लामो दुरीको ७ सय र छोटो दुरीको ३ सय टिकट शुल्क रहेकोमा आज घाटबेसीको वाटर किङ्डमदेखि महोत्सवस्थल सम्मको पाँचसय र महोत्सव स्थल वरपर घुमेर आनन्द लिन लागि र दुईसय को टिकटको व्यवस्था मिलाईएको उहाँले जानकारी दिनुभयो ।
धादिङ उद्योग बाणिज्य अध्यक्ष विष्णु थपलियाका अनुसार दैनिक रुपमा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने गरिएको महोत्सवमा कृषि उत्पादन सामग्री, जडिबुड्डी, खनिज जन्य पदार्थ, धादिङ जिल्लामा उत्पादन हुने हस्तकला उत्पादन देखि पर्यटन क्षेत्रको फोटो प्रदर्शनी समेत स्टल बनाई राखिएको हुृँदा अवलोकनको लागि सहभागी हुन सबै महानुभावहरुमा अनुरोध गर्नुभयो ।
गत मा १० गते देखि सञ्चालनमा रहेको यस महोत्सवा आगमी माघ २१ गते समापन हुनेछ ।
प्रतिक्रिया दिनुहोस