धादिङ १२ माघ
नीलकण्ठनगरपालिका वडा नम्बर १२ मा वडा स्तरीय (आधारभुत तह) विद्यालय स्तरीय प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रबार नीलकण्ठ नगरपालिका वडा नम्बर १२ को आयोजनामा वडा स्तरीय (आधारभुत तह) विद्यालय स्तरीय Role of Technology in human Life शिर्षकमा English speech competition सम्पन्न भएको हो । साथै सुन्दर अक्षर लेखन प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न भएको थियो ।
उक्त English speech कार्यक्रममा सहभागी ६ जना मध्ये अञ्जली थापा (साङकोस मा.बि.)प्रथम, एलिसा तामाङ –(पशुपति मा.बि)द्वितीय, र चेतकुमारी सारु मगर (साङकोस मा.बि)तृतीया भएका छन् । त्यस्तै सुन्दर अक्षर लेखन प्रतियोगितामा अनुजा कुमाल(रुद्रकन्या आ.बि)प्रथम, किरण कुमाल(पशुपति मा.बि.)द्वितीय, दिब्या तामाङ (पन्डितचौर आ.बि.)तृतीय भएका छन् ।
सोही विद्यालयको कक्षा (९–१२) मा अध्ययनरत बिध्यार्थीहरुलाई “समाज परिवर्तनमा बिध्यार्थीको भुमिका “ बिषयक वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका सलिना गुरुङ (कक्षा–१२), सुस्मिता बि.क.(कक्षा –९), र तृतीय भएका आकृति थापा(कक्षा–१२) र सुकु गुरुङ (कक्षा –२२) लगायत सहभागी सबै विद्यालयहरुलाई प्र.अ. खेषर प्रसाद काप्रीद्वारा टीका र प्रमुख अतिथिको रुपमा रहनुभएको वडा सदस्य काली रोक्काद्वारा सम्पुर्ण विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको साङ्कोस मा.बि. सूचना अधिकारी गोबिन्द कोइरालाले जानकारी दिनुभयो । ।
प्रतिक्रिया दिनुहोस