धादिङ ११ माघ
९औँ धादिङ महोत्सवको दोस्रो दिनपनि भब्य रुपमा सम्पन्न भएको छ ।
विहीबार महोत्सवमा ख्यातीप्राप्त चर्चित कलाकारहरु शिब हमाल, सरोज सिंखडा, गायिका सिता कोईराला, डान्सर सुस्मिता विश्वकर्म लगाएतबाट भब्य मनोरञ्जन प्रदान गरिएको हो ।
‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारासहित सुरु भएको महोत्सवमा माघ १२ गते शुक्रबार बाल गायक सुप्रिम मल्ल ठकुरी,भाईरल बाल गायिका ईप्सु सन्ज्याल, गायिका सुमित्रा तामाङ, गायक प्रदिप बराईली, हास्यकलाकार राजुमान रुम्बा लगायत स्थानीय कलाकारहरुबाट बेजोड प्रस्तुती रहने कार्यक्रम संयोजक भरत बराकोटीले रेडियो बिहानीलाई बताउनुभयो ।
महोत्सवमा कृषि, दुग्धजन्य पदार्थ, हस्तकलाबाट निर्मित सामग्री, धादिङका खनिजजन्य पदार्थ, जडीबुटी प्रदर्शन तथा बिक्री गर्न २ सय ४० स्टल रहेका छन् । महोत्सव अवधिभरि नै रमाइलो मेलामा विभिन्न मनोरञ्जनात्मक स्टल राख्न लगाई मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएको छ ।
माघ १० गतेबाट सुरु भएको महोत्सव २१ गते सम्म संचालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस