धादिङ २२ कार्तिक
आफ्नो स्थापना दिवसको पुर्व सन्ध्यामा शिवज्योति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङले बाल बचत गर्ने २ सय ७५ जना बालबालिकाहरुलाई शुक्रबार स्टेशनरी सामग्री वितरण गरेको छ । संस्थाको १३ औँ स्थापना दिवसको अवसरमा संस्थाले २ सय ७५ जना बालबालिकाहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष चमेली बगाले काप्रीले जानकारी दिनु भयो । यस्तै आफ्नो स्थापना दिवसको अवसर पारी कार्तिक २३ गते बिहान संस्थाले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ । देश भरी रगतको अभाव भैरहेको बेलामा शिवज्योति महिला बचत तथा ऋण सहकारी संस्थाले क्याम्पस चोकमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको रक्तदान कार्यक्रमका अभियान्ता एवं स्वयमसेवी रक्तदाता नारायण कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस