धादिङ ९ माघ
धादिङको न्यु किबो वोर्डिङ स्कुलमा खेलकुद उत्सव सुरु भएको छ ।
मंगलबार सदरमुकामा वरीपरी विविध साँस्कृतिक बाजा गाजा, झांकी र मार्चपास सहितको र्याली प्रदर्शन गरि उद्घाटन गरिएको हो । रेडियो बिहानीसंग कुरा गर्दै विद्यालयको प्रधानध्यापक प्रयास रेग्मीले खेलकुद सप्ताह प्रत्येक वर्ष उत्सवको रूपमा मनाउदै आएको बताउनु भयो ।
विद्याथीहरुमा भएको विभिन्न विधामध्ये खेलकुद क्षेत्रको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले राष्ट्रको लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई आत्मसाथ गर्दै उक्त उत्सवको आयोजना बताउनुभयो । मंगलबार देखि शुक्रवार सम्म चल्ने खेलकुद उत्सवमा विभिन्न विद्याका (फुटबल, भलिबल, टेबल टेनिस ज्यावलिङ थ्रो, एथ्लेटिक्स) लगायतका खेलहरू सञ्चालन गरिने प्रिन्सिपल रेग्मीले बताउनुभयो ।
त्यस्तै मंगलवारबाट औपचारिक रुपमा सुरु भएको भएता पनि ४ दिनमा सम्पूर्ण खेल सम्पन्न गर्न नसकिने भएकाले अनौपचारिक रुपमा २ दिन अगाडी देखि नै खेलको सुरुवात गरि प्रतियोगिता सञ्चालन गरि रहेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टले बताउनुभयो ।
विद्यालयमा अध्ययनरत करिब ७ सय ५० रहेको र सबै विद्यार्थीलाई एउटा–एउटा खेलमा सहभागी गराउने उद्देश्यले एक दिनमा २० वटाको दरले खेल खेलाउने गरेको बताउनु भयो । विद्यार्थीहरुको सर्वाङगीण विकासमा सहयोग पूर्याउन सैद्धान्तिक शिक्षा मात्र नभई प्रयोगात्मक शिक्षाको पनि आवश्यकता पर्ने हुँण्दा स्थानीय सरकारले सामूदायिक र निजि विद्यालयलाई समान रुपमा बिकास गर्न आवश्यक रहेको पनि संयोजक भट्टले बताउनुभयो ।
मंगबलबारबाट सुरु भएको खेलकुद प्रतियोगिता शुक्रबार समापन हुनेछ ।
प्रतिक्रिया दिनुहोस