धादिङ ८ माघ
धादिङको वेनीघाट रोराङ गाउँपालिकाले प्राविधिक धारमा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृति स्वरुप नगद हस्तनतरण गरिएको छ ।
सोमबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकद्धारा सिमान्तकृत प्रोत्सहन छात्रवृति मार्फत गाउँपालिका भरिका ३१ जना विद्यार्थीलाई अभिभावकको साथमा राखि रु. ६ लाख नब्बे हजार बराबरको रकम चेक मार्फत प्रोत्सहन स्वरुप हस्तनतरण गरिएको हो ।
उक्त विद्यार्थीहरु स्वास्थ्य चिकित्सक विधा, कृषि वाली विज्ञान, डिप्लोमा शिभिल ईन्जिनियर,फिजियो थेरापी लगायतका क्षेत्रमा अध्ययन गरिरहेको छ । स्नातक तह चिकित्सा शिक्षा एवं शल्यक्रिया शास्त्र( MBBS) अध्ययन गरिहेका वडा नम्बर ३ का बिकास विश्वकर्मा र समिना चेपाङलाई नगद रु.५०-५० हजारका चेक हस्तनतरण गरिएको छ । त्यस्तै ईन्जिनियर तर्फ अध्ययन गर्नेलाई ३० हजार,अन्य प्राविधिक शिक्षा अध्ययन गरिरहेका छात्र-छात्राहरुलाई नगद रु.२० हजारका दरले चेक प्रदान गरिएको हो ।
वेनीघाट रोराङ गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकहरुको विज्ञान, शिक्षा तथा प्राविधिक शिक्षामा पहुँच पुर्याउने र सक्षम जनशक्ति उत्पादन गर्ने उद्धेश्यले विद्यालय बाहिर रहेका आर्थिक रुपले विपन्न तथा सिमान्तकृत समूदायका बालवालिकालाई गुुणस्तरीय शिक्षाको सुनिश्चतताको लागि प्रोत्सहन स्वरुप गाउँपालिकाले नगद प्रदान गरिएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलियाले रेडियो बिहानीसंग बताउनुभयो ।
दक्ष जनशक्ति उत्पादन गर्ने, अनुशन्धनात्मक क्षेत्रमा वेनीघाट रोराङको सहभागीता बढाउने उद्धेश्य गाउँपालिकाको रहेको उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बताउनुभयो ।
विगत देखि नै प्रदान गर्दै आएको छात्रवृतिलाई अझ व्यवस्थित बनाई विपन्न , सिमान्तकृत, जेहेन्दार, दलित र प्राविधिक क्षेत्रलाई लक्षित गर्दै अति आवश्यक भएका वर्गलाई विज्ञान तथा प्राविधिक शिक्षामा पहुँच बढाउने उद्धेश्य गाउँपालिकाको भएकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमेरेले बताउनुभयो ।
त्यस्तै शिक्षा शाखा अधिकृत बोधराज पाठकले वेनीघाट रोराङ गाउँपालिकाले शैक्षिक गुणस्तर र बिकासको लागि सोचेअनुरुपको लगानी गरिहेको बताउदै विद्यालयमा भर्नादर बढाउने कक्षा छाड्ने दर घटाउने उद्धेश्य राखेर उच्च शिक्षा, प्राविधिक शिक्षा, विद्यालय शिक्षा लगायतका क्षेत्रमा छात्रवृति प्रदान गरिरहेको बताउनुभयो ।
विद्यार्थीलाई मात्र नभएर शिक्षक शिक्षिकालाई पनि सम्मान गर्ने,शैक्षिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, शिक्षक विद्यार्थी र अभिभावक र सबै तह र तप्कासंग पारिवारिक सम्बन्ध स्थापित गरि गुणस्तरीय शिक्षामा समान पहुँच हुने किसिमको कार्ययोजना यस आर्थिक बर्षमा सञ्चालन गरिने शाखा अधिकृत पाठकले बताउनुभयो ।
प्राविधिक शिक्षालाई विशेष ध्यानमा राखि गाउँपालिकाले सहयोग गरेकोमा विद्यार्थीहरुले धन्यवाद व्यक्त गरेका थिए । गाउँपालिकाको लगानीलाई खेर जान नदिने पनि सहभागीहरुको प्रतिबद्धता रहेको थियो ।
कार्यक्रममा उपाध्यक्ष टाप बहादुर श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे,शिक्षा शाखा अधिकृत बोधराज पाठक,विभिन्न वडाका वडा अध्यक्ष, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस