धादिङ ७ माघ
धादिङको नेत्रावती डब्जोङ गाउँपालिका वडा नम्बर २ स्थित डब्जोङ बौद्धा गुम्बाको भवन उद्घाटन तथा २८६० औँ सोनाम ल्होछारको बृहत साँस्कृतिक कार्यक्रम तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार एक विशेष कार्यक्रमको आयोजना गरि डब्जोङ बौद्धा गुम्बा व्यवस्थापन अध्यक्ष अम्बर बहादुर तामाङको अध्यक्षता पुर्व मन्त्री दिलमान पाख्रीनको प्रमुख आतिथ्यता र नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चक्र संघको केन्द्रिय महासचिव प्रेम दोर्जे वल लामाको विशेष आतिथ्तामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा गुम्बा भवन निर्माणका लागि जग्गा दान,नगद सहयोग,श्रमदान लगायत प्रदान गर्ने व्यक्तित्वलाई प्रशंसा प्रमाणपत्र द्धारा सम्मान गरिएको थियो । करिब २ सय ९५ जना आर्थिक तथा जिन्सी सहयोग गर्ने व्यक्ति रहेको छ भने गुम्बा स्थापना कालमा मुर्ति तथा भवन बनाउन सहयोग गर्ने ६७ जना रहेका छन् । उक्त कार्यक्रम मार्फत गुम्बा भवनको निर्माण सम्पन्न गर्नको लागि आर्थिक सहयोग समेत गरिएको थियो ।
कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि दिलमान पाख्रीनले सबै जात धर्म संस्कृतिलाई समान कानुन न्यायोचित व्यवस्था संविधानमा व्यवस्थित गर्न हजारौँले रगत बगाएर, सघंर्ष त्याग र वलिदानी गरेर ७० बर्षको लामो ईतिहासमा नेपालमा धर्म निरपेक्ष सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल मुलक रहने गरि संविधानमा व्यवस्थित गरेको स्मरण गर्दै अझैपनि नितीगत भएपनि व्यवहारिक रुपमा समावेशी नदेखिएको हुँदा आदीबासी जनजातिहरुको सभ्यतालाई जोगाउन सबै नागरिक एक हुन आग्रह गर्नुभयो ।
डब्जोङ बौद्ध गुम्बाको स्थापना कालदेखि नै आफु जानकार भएकाले व्यक्तिगत रुपमा रु.१ लाख नगद सहयोग गर्ने बताउदै विभिन्न निकायसंग पहल गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विजय कुमार पाख्रीनले सञ्चालन गरिएको उक्त कार्यक्रममा कलाकारहरु म्हेन्दोमाया गायक युवि मंग्रेसा,सूर्य वाईवा तामाङ, सरोज वाईबा, राधिका हमाल, नेपाली कांग्रेस धादिङका पुर्व सभापति रमेश धमला, क्षेत्रिय सभापति राकेश धमला, नेकपा माओवादी केन्द्र नेत्रावती डब्जोङका पार्टी अध्यक्ष प्रेम तामाङ, गाउँपालिका उपाध्यक्ष सितामाया गुरुङ,समाजसेवी उत्तम अधिकारी, तामाङ पत्रकार संघ धादिङका अध्यक्ष निर तामाङ लगायत बौद्ध धर्मलम्बी,स्थानीय बासीहरुको उल्लेख्य सहभागी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस