धादिङ ७ माघ
नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोट असोवनमा तामाङहरुको महान चाड सोनाम ल्होछार २८६० को अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम तथा असोवन सामुदायिक भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार निलकण्ठ नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष नवराज दुवाडीको प्रमुख आतिथ्यतामा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको थियो भने प्रमुख आतिथि दुवाडीले रिवन काटेर नव निर्मित सामुदायिक भवनको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रम उद्घाटन गर्नुहुदै प्रमुख अतिथि नवराज दुवाडिले समुदायको आधारभूत आवश्यकता र समुदायको समस्या समाधान गर्न आवश्यकताको आधारमा वडा, नगरपालिका, प्रदेश र सघंसम्म जनताको गुनासो सम्बोधन गर्न पुलको काम गर्ने र समस्या समाधानको लागि आफु प्रतिवद्ध रहेको र यस्ता कार्यक्रमहरुले जनप्रतिनिधि र जन समुदाय विच सुमधुर सम्बन्ध स्थापित हुने र असोवनको अधुरो खानेपानी योजनालाइ तत्काल पुरा गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
त्यस्तै असोवन आमा समुहका अध्यक्ष सोमति तामाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा निलकण्ठ नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष नवराज दुवाडीको प्रमुख आतिथ्यता, निलकण्ठ नगरपालिका न्यायिक समिति सदस्य एवम् महिला वडा सदस्य कमला तामाङको विशेष आतिथ्यता, समाजसेवी पुर्व जनसरकार प्रमुख बुद्धिलाल तामाङ, पुर्व गा.वि.स. अध्यक्ष अब्जनाथ सापकोटा , समाजसेवी शिवकुमार श्रेष्ठ विभिन्न सङ संस्था पार्टि प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रमका विशेष अतिथि कमला तामाङले समुदायको आधारभुत आवश्यकता स्थानिय सरकार वडा सरकारले पुरा गर्ने प्रतिबद्धता रहेको र कार्यक्रम सफलताको शुभकामना राख्नु भएको थियो ।
उक्त असोवन सामुदायिक भवन निर्माणको लागि बागमति प्रदेश सरकारका पुर्व स्थानिय विकास राज्य मन्त्री डा.राम कुमार अधिकारीको पहलबाट ५ लाख वडा अध्यक्ष नवराज दुवाडीको पहलमा वडाबाट आ.व २०७९/८० मा ५ लाख र वडाबाटै र यस आ.व ८०/८१ मा २ लाख पचास हजारमा कुल १२ लाख ५० हजारमा सामुदायिक भवन निर्माण सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस