धादिङ ५ माघ
धादिङको नेत्रावती डब्जोङ गाउँपालिकामा सम्पन्न चौथौ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी निरञ्जना माध्यमिक विद्यालयले हात पारेको छ ।
माघ २ गतेदेखि संचालनमा रहेको माध्यमिक बिध्यालय स्तरको चौथो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबार सम्पन्न भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत हारेराम शाहको सभापतित्वमा सम्पन्न भएको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यता, उपाध्यक्ष सितामाया गुरुङ, विभिन्न वडाका वडा अध्यक्षहरु,शिक्षा शाखा अधिकृत सुशीला न्याङ्जो,डोलमाया तामाङ लगायतको विशिष्ठ आतिथ्यता रहेको थियो ।
गाउँपालिकाको ५ वटा माबि सहभागी रहेको उक्त प्रतियोगितामा सहित निरन्जना मबि ११ स्वर्र्ण,७ रजत र ७ काश्य ल्याएर प्रथम भएको छ । त्यस्तै ९ स्वर्ण ४ रजत र ५ कास्य पदक सहित मंगलादेवी मावि द्वितीय, ६ स्वर्ण, ५ रजत र ८ काश्य पदक सहित तृतिय भएको हो । त्यस्तै चौतारा माविले १ स्वर्र्ण,९ रजत र १ काश्य र महेन्द्र वाराही माविले १ स्वर्र्ण,३ रजत र ७ काश्य पदक प्राप्त गर्न सफल भएको थियो ।
खेल क्षेत्रको बिकास र संबृद्धिमा नेत्रावती डब्जोङ गाउँपालिकाले आगामी आर्थिक वर्षहरुमा थप व्यवस्थित बनाउदै लैजाने गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले बताउनुभयो । सभ्य र अनुशासित तवरबाट प्रतियोगिता सम्पन्न गराउन भुमिका निर्वाह गर्नुहुने सम्पुर्ण शिक्षा समिती,विव्यस समिती,शिक्षक विद्यार्थी अभिभावक वर्गहरुमा धन्यवाद ज्ञापन गर्नुभयो ।
राष्ट्रिय रेफ्रीहरुको नेतृत्वमा सम्पन्न भएको प्रतियोगिताको समापन कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतीनीधि शिक्षक अभिभावक संघका प्रमुख तथा प्रतिनिधि, ५ वटै माविका शिक्षक विद्यार्थीहरु लगायतको खेलप्रेमी महानुभावको भब्य सहभागीतामा सम्पन्न भएको थियोे ।
माघ २ देखि सञ्चालन भएको प्रतियोगिता विहीबार सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस