धादिङ २ माघ
धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ मा रहेको सिङ्गलादेवि माध्यमिक विद्यालयमा खेलकुद सप्ताह कार्यक्रम सुरु भएको छ ।
मंगलबारबाट सुरु भएको खेलकुद् सप्ताह कार्यक्रममा फुटबल, भलिबल, छेलो, दौड, हाइजम्प, लङजम्प, चम्चा गुच्चा लगायतका खेलहरू संचालन हुने छन् ।
मंगलबार भएको खेलमा ३ हजार, १५ सय, १ हजार मिटरको दौड प्रतियोगितामा ३ हजार मिटर तर्फ बुद्धिमान तामाङ प्रथम, रविन घले द्वितीय, सुन्दर तामाङ तृतिय अनिस तामाङ सान्त्वना भएका छन् । त्यसै गरी १५ सय मिटर तर्फको दौडमा छात्र तर्फ क्रचा तामाङ प्रथम, विजय तामाङ द्धितीय,सुवास तामाङ तृतीय, र दिपेश तामाङ सान्त्वना भएका छन् भने छात्रा तर्फ समिता तामाङ प्रथम,मनकामना तामाङ द्धितिय, यलिना तामाङ तृतिय र विनिता तामाङ सान्त्वना भएका छन् । त्यस्तै १ हजार मिटर तर्फको दौडमा छात्र तर्फ लुका तामाङ प्रथम, जगडिया तामाङ, द्धितिय बुद्धिमान तामाङ तृतिय र जोयल तामाङ सान्त्वना भएका छन् ।
त्यस्तै उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै विद्यालयका प्रधानाध्यापक विमल लामा लोप्चनले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्दै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि सहभागि गराउनुपर्ने र सैद्धान्तिक ज्ञानले मात्र नभई व्यवहारीक ज्ञान सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुनुपर्ने बताउनुभयो । विद्यार्थीहरु पठन पाठनमा मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि सक्रिय हुनुपर्ने र अतिरिक्त क्रियाकलापले शैक्षिक विकासमा सहयोग पुग्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस