धादिङ २७ पौष
नवौं धादिङ महोत्सव आउँदो माघ १० गतेदेखि २१ गतेसम्म हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघले ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारासहित गजुरी गाउँपालिकाको गलौदीस्थित त्रिशुली किनारमा महोत्सवको आयोजना गर्न लागेको हो । शुक्रबार पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो ।
‘जिल्लाको सास्कृतिक विविधताको संरक्षण र आर्थिक, सामाजिक विकासमा टेवा पु¥याउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको संघका अध्यक्ष विष्णु थपलियाले बताउनुभयो । यहाँले पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक जागरण र पर्यटन क्षेत्रको प्रवर्द्वनमा महोत्सवले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
१ सय ५० वटा स्टल रहने उक्त महोत्सवमा ५० वटा स्टलहरु जिल्ला भित्रका विभिन्न प्रकारका सेवा र वस्तुहरुको प्रबर्द्धनात्मक र पहिचान झल्कने गरी राख्ने उद्योग वाणिज्य संघले जनाएको छ । जिल्ला भित्रका मुख्यत घरेलु उत्पादन कृषि उत्पादन र स्थानीय पहिचान सहितको बस्तु र सेवाको प्रबर्द्धनमा हाम्रो जोड दिँदै मुख्यत जल यात्रालाई प्राथमिकता दिने उद्देश्य रहेको उहाँले बताउनुभयो ।
महोत्सवको आम्दानीबाट संघको संस्थागत विकासमा ठोस योगदान पुगोस भन्ने उद्देश्यका साथ व्यवसायिक पुस्तकालय सहितको व्यवसायिक सुचना केन्द्र र सुविधा सम्पन्न सभाहल निर्माणको योजना सहित प्रक्रिया सुरु भएको थपलियाले बताउनुभयो ।
संघका वरिष्ठ उपाध्यक्ष रामकुमार डल्लाकोटीले विषयगत उपसमितिहरु निर्माण गरी महोत्सव तयारीलाई तिव्रता दिएको जानकारी गराउदै महोत्सवमा कृषि, पर्यटयन, औद्योगिक, व्यापारिक, प्रदर्शनीका साथै जिल्लाको स्थानीय उत्पादनको प्रचार प्रसार र प्रवर्द्धनमा जोड दिने बताउदै खेलकुद, मनोरञ्जन तथा व्यापारमा पनि स्थानीयलाई नै प्राथमिकता दिईने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस