धादिङ २७ पौष
यहि पौष २८ गते शनिबार नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रको विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
देविघाट सवस्टेशन देखि रातमाटे सरस हुदै धादिङ आएको ३३ के.भि प्रशारण लाइनको भूलभुलेमा पोल थप गर्न, जहरे सवस्टेशनमा रहेको स्टेशन ट्रान्सफर्मर मर्मत गर्न तथा प्रशारण लाइनको नजिक रहेको रुखका हागाबिङगा काट्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
शुक्रबार नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सुचना जारी गर्दै शनिवार बिहान १०ः०० बजे देखि दिउसो ३ः०० बजे सम्म धादिङवेशी, जहरे तथा सल्यान्टार सवस्टेशनबाट वितरित सम्पूर्ण फिडर क्षेत्रहरू (नीलकण्ठ गाउँपालिका, गल्छी गाउँपालिका, सिद्धलेक गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका, गजुरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, गंगाजमुना गाउँपालिका, त्रिपुरा सुन्दरी गाउँपालिका, र आरूघाट गाउँपालिको सम्पूर्ण क्षेत्रहरु लगायत) मा विद्युत सप्लाई बन्द रहने जानकारी दिएको हो ।
साथै उक्त सुचनामा विद्युत आपूर्ति बन्दका कारण ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी गर्दै उक्त कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारू हुने समेत बताएको छ ।
प्रतिक्रिया दिनुहोस