धादिङ २५ पौष
गजुरी गाउँपालिकामा फोहोर मैला संकलन,वर्गिकरण तथा व्यवस्थापन सहजीकरण सम्बन्धि वडा स्तरीय व्यवस्थापन समिति गठन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार केदारेश्वर योग साधना केन्द्र आदमघाटमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा गजुरी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भक्त बहादुर (कर्ण)तामाङको संयोजकत्वमा १३ सदस्यिय कमिटी गठन गरिएको छ ।
अभियान सुरुवाती भएको भन्दै गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले फोहोरमैला व्यवस्थापनका बिषयमा घरघरमा पुगेर अनुगमन गर्ने तथा यो कार्यक्रम सफल हुँदै गएपछि पालिका स्तरिय समिती समेत गठन गरिने उहाँले बताउनुभयो ।
उक्त कार्यक्रममा राजमार्गमा चल्ने गाडीहरुलाई रोकेर फोहोरमैला सचेतता सम्बन्धि कार्यक्रम राख्ने,गजुरी ६ मा रहेको मुक्तीनाथ बिकास बैंकले १५ ओटा डस्बिन पनि बितरण गरेको र पालिकाले पनि राजमार्ग क्षेत्रमा कुहिने,नकुहिने फोहोर व्यवस्थापनका लागि डस्बिन ठाउँ ठाउँ मा राख्ने,प्रत्येक हप्ताको शनिवार,आइतबार ,सोमबार राजमार्ग क्षेत्रमा पर्ने मलेखु देखि बेल्खुखोला सम्म फोहोर उठाउदै आएको समेत बताउनुभएको छ ।
अहिले गजुरी गाउँपालिका वडा नम्बर ६ जहरेखेतमा सार्वजनिक शौचालय निर्माण भईरहेको,सोल्लार बत्ती नबल्ने ठाउँमा फोहोर हुने गरेकोले मर्मत गर्ने,सि.सि क्यामरा जोडन पहल गरेर अघि बढ्नका लागि आदमघाटका समाजसेवी बिनोद भण्डारीले आग्रह गर्नुभएको छ ।
फोहोरमैलालाई व्यवस्थित गरि गजुरी गाउँपालिकालाई स्वच्छ सफा सुन्दर बनाई नमुना बनाउने तर्फ निरन्तर लाग्ने समेत गजुरी ६ का वडा अध्यक्ष भक्त बहादुर (कर्ण) तामाङले बताउनुभयो ।
गजुरी गाउँपालिका अन्तर्गत राजमार्ग क्षेत्रमा सवारी साधनबाट हुने फोहोरमैलालाई कम गर्नको लागी सूचना वोर्डहरु राखिने तथा नियम कानुन उलङ्घन गर्ने व्यक्तिहरुलाई जरिवाना समेत गरिने गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।
गजुरी गाउँपालिकाले फोहोरमैला व्यवस्थापन गर्नको लागि ४ रोपनी ८ आना जग्गा खरिद गरिसकेको समेत कार्यक्रममा बताउनुभयो।
विशेष गरि गजुरीको बजार क्षेत्रलाई समेट्ने वडा नम्बर १, २ ५ र ६ मा यो अभियान चलाईने वडा नम्बर १ का अध्यक्ष तारानाथ भण्डारीले बताउनुभयो ।
बजार क्षेत्रलाई सफा र स्वच्छ बनाउने अभियानलाई अगाडी बढाएर हरेक टोल बजारमा फोहोरमैला राख्ने डस्विनसहितको सुबिधा दिइने पनि बताउनुभयो।
प्रतिक्रिया दिनुहोस