धादिङ २२ पौष
धादिङमा योगाभ्यास सम्बन्धी ७ दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा यहि पौष १६ गते देखि सुरु भएको तालिमको आईतबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।
आइतबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यलय प्रमुख अमूल्य दाहालको सभाध्यक्षमा समापन भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्मको प्रमुख आतिथ्यता रहेको थियो ।
सम्पूर्ण स्वास्थ्य कर्मिहरुलाई आयुर्वेदको उपचार पद्धति सिकाउने र अहिले भएरहेको उपचार पद्धतिलाई थप परिस्कृत गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको कार्यलय प्रमुख एवम् सभाध्यक्ष अमूल्य दाहालले बताउनु भयो ।
उक्त ७ दिनको कार्यक्रमले आफु कार्यरत स्वास्थ्य संस्थाहरुको सेवा प्रवाह प्रक्रिया एकदमै प्रभावकारी र सक्रिय बनाउनुहुनेछ विश्वास राखेको बताउनुभयो ।
त्यस्तै कार्यक्रम लाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि कुलमान विश्वकर्माले हरेक बिरामीहरूलाई औषधिले मात्र नभई योगबाट पनि विविध रोगहरु निको पार्न सकिने बताउनु भयो ।
उहाँले योगाभ्यास जुनसुकै पेशाका मानिसहरूले पनि गर्न सक्ने र यसले गर्दा व्यक्तिको शारिरीक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।
उक्त ७ दिने तालिमबाट आफुहरुले योग र आयुर्वेद औषधिको बिचको सम्बन्धको बारेमा थाहा पाउने र जान्ने मौका पाएको उक्त शिक्षा / ज्ञानलाई आफ्नो स्वास्थ्य केन्द्रमा लागू गर्ने तालिममा सहभागि प्रशिक्षर्थीहरुले बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्म, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यलय प्रमुख अमूल्य दाहाल,कार्यलयका कर्मचारीहरु र प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस