धादिङ २१ पौष
धादिङको वेनीघाट रोराङ गाउँपालिकामा वाल विवाह तथा लागूऔषध दुव्र्यसनी विरुद्ध समूदाय माझ अदालत सचेनता कार्यक्रम सञ्चालन गरिएको छ ।
शनिबार वडा नम्बर ८ को विदाङ स्थित भव्य स्थानीय समूदाय उपस्थित गराई गाउँपालिकाको आयोजनामा अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकको अध्यक्षता धादिङ जिल्ला अदालतका न्यायधीस गोपाल प्रसाद वास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । जसको विशेष अतिथिमा वडा नम्बर ८ का वडा अध्यक्ष राज कुमार श्रेष्ठ,अदालतको श्रेस्तेदार,तहशिलदार लगायतको रहेको थियो ।
उक्त सचेतना कार्यक्रममा जिल्ला न्यायधीस गोपाल प्रसाद बास्तोलाले २०७२ सालको नेपालको संविधानले परिकल्पना गरेको स्थानीय तह संचालन ऐन,न्यायीक समितीको काम कर्तव्य र अधिकार,वाल विवाह यौनजन्य हिंसा,लागूऔषध दुव्र्यसनी,समाजिक सञ्जालको प्रयोगबारे साक्षत्कार सचेतना गराउदै कानुनी व्यवस्था,दण्ड जरिवाना कसुर लगायतको विषयमा जानकारी गराएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकले वेनीघाट रोराङ गाउँपालिकाको न्याय क्षेत्रमा गा.पा उपाध्यक्षको संयोजकमा १० वटै वडाहरुमा मेलमिलाप कर्ता राखेर काम गरिरहेको बताउदै कानुनी ज्ञानको अभावले नै समूदायका सोझा नागरिकहरु जान वा अन्जानमा फस्ने गरेको बताउनुभयो । वाल विवाह,लागूऔषध दुव्र्यसनी जस्ता कानुन विपरितका कार्यहरुमा गाउँपालिकाले सम्बन्धीत अदालत तथा विभिन्न संघ संस्थासंग समन्वय गरेर निरन्तर सचेतना फैलाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै स्थानीय तहको न्याय निरुपणको क्षेत्रको क्रमिक सुधार व्यवस्थापन तथा कार्यन्वयनमा अदालतको समूदाय माझ अदालत कार्यक्रमले सहयोग पुगेको गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले रेडियो बिहानीलाई बताउनुभयो ।
वाल विवाह तथा लागूऔषध दुव्र्यसनी जस्ता क्रियाकलाप वेनीघाट रोराङ गाउँपालिकामा बढ्दै जान सक्ने हुँदा गाउँ टोल बस्तीमै यस्ता खालका सचेतना कार्यक्रम पुराउन सके सभ्य सुसंस्कृत समाज बन्ने स्थानीय नागरिकहरुको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस