धादिङ १९ पौष
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर २ मा लैङ्गिक हिंसा तथा घरेलु हिंसा विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नीलकण्ठ कार्यपालिकाको आयोजना र दलित सेवा संघ जिल्ला शाखा तथा जिल्ला प्रहरी कार्यलय धादिङको समन्वयमा उक्त अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । वडा नम्बर २ को वडा अध्यक्ष ध्वज बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्मको प्रमुख आतिथ्यता रहेको थियो भने प्रमुख प्रसासकीय अधिकृत पुरुषोत्तम सुवेदीको विषेश आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नहुदै प्रमुख अतिथि विश्वकर्माले दलित समुदायलाई सामाजिक रुपमा विकास गर्नका लागि सम्पूर्ण समुदाय नै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । समुदायका सबै महिला दिदिवहिनीहरुले समाजमा नै केहि उद्यमशिल कार्यहरु गरेर आय आर्जन र आर्थिक वृद्धि तर्फ लाग्नुपर्ने वताउनुभएको थियो ।
त्यसै गरी प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले छुवाछुत तथा भेदभाव पूर्ण व्यवहार कसैले देखाएको पाइएमा कानुनी तवरबाटको त्यस व्यवहारको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले समाज विकासको लागि समुदायका व्यक्तिहरूमा आपसि समझदारी हुनुपर्ने वताउनुभयो ।
त्यस्तै वडा अध्यक्ष ध्वज बहादुर गरुङले सम्पुर्ण वडा नम्बर २ को जाती वर्ग समुदायको उत्थान तथा विकासको लागि आफु सधै लागिरहने प्रतिबद्धता ब्यक्त गर्नभयो ।
उक्त सचेतना कार्यक्रममा नीलकण्ठ नगरपालिकाको उपप्रमुख दिपक विश्वकर्म, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी,नीलकण्ठ नगरपालिका वडा नम्बर २ को वडा अध्यक्ष ध्वजवहादुर गुरुङ नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख उर्मिला थपलिया , निर्मला केसी, जिल्ला प्राविधिक कार्यलय धादिङका प्रहरी नायव निरिक्षक चन्द्र मोक्तान लगायत स्थानीयहरुको भव्य सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस