धादिङ १९ पौष
नेपाल रेडक्रस सोसाईटी धादिङका सभापती दुर्लभ कुमार तामाङले आफ्नो बुबाको स्मृतिमा विद्यालयमा अक्षय कोष स्थापना गर्नुभएको छ ।
तामाङले धादिङको गजुरी गाउँपालिका वडा नं ३ राक्सिङमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयमा स्व.बुद्धि वीर थिङ तामाङ स्मृति अक्षय कोष स्थापना गर्नुभएको हो ।
मंगलबार विद्यालयको ६३ औँ बार्षिकोत्सव तथा नेपाल भारत मैत्री भवन उद्घाटन समारोहमा स्व.बुबाको ९० औ दिनको पुन्य तिथिको अवसर पारेर दुई लाख पचास हजारको अक्षय कोष स्थापना गर्नुभएको हो ।
तामाङको आमा बिनुमायाले वडा नं ३ का वडाध्यक्ष एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिलाल श्रेष्ठलाई चेक हस्तान्तरण गर्नुभएको छ । बुबाको सम्झनामा आफूले कखरा चिनेको विद्यालयमै अक्षय कोष स्थापना गरिएको र उक्त रकमबाट गरिब तथा जेहेन्दार छात्रा÷छात्रलाई अध्ययनका लागि सहयोग गरिने रेडक्रस सभापती तामाङले बताउनुभयो।
प्रतिक्रिया दिनुहोस