धादिङ १८ पौष
धादिङको बेनीघाटरोराङ गाउँपालिकामा शारिरीक अपाङ्गता परीक्षण तथा पुर्नस्थापना घुम्ती शिविर सम्पन्न भएको छ ।
बुधबार गाउँपालिकाको आयोजनामा अपाङग बाल अस्पताल तथा पुनस्थापना केन्द्र HRDC बनेपा काभ्रेपलाञ्चोकको समन्वयमा गाउँपालिकाका १० वटै वडाका १८ वर्ष सम्मका बालबालिकाहरुको शरिरीक परिक्षण गरिएको हो ।
शिविरमा १९ जनाले सेवा लिएको थियो । उक्त शिविरबाट कृतिम हात,खुट्टाको नाप २ जना, सहायक सामग्री वितरण १ जना, अप्रेशनकोलागि HRDC बनेपा ३ जनालाई मिति तोकेर बोलाईएको शिविरका व्यवस्थापक शालिकराम तिमल्सिनाले रेडियो बिहानीलाई बताउनुभयो ।
सामाजिक न्याय र सुसाशन सहितको विकास र संवृद्धिमा गाउँपालिकाले नयां मोडेल अपनाएर कार्ययोजना तर्जुमा गरिरहेको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले बताउनुभयो ।
अपाङगता भएको व्यक्ति, विपन्न समुदाय महिला तथा ज्येष्ठ नागरिकको सम्बन्धमा गा.पा ले शखा नै विस्तार गरि यथोचित बजेट निर्धारण गरि काम गरिरहेको प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरेले बताउनुभयो ।
उहाँले सामाजिक रुपमा अपाङगता भएका व्यक्ति, दलित, पिछडिएका वर्ग, लिङ्ग, जाति र समुदायलाई हेर्ने दृष्टिकोणमा समेत भिन्नता पाएको हुदा सोच परिवर्तन गरि समानता अपनाउन आग्रह गर्नुभयो ।
त्यसैगरि गाउँपालिकाले अपाङ्गता क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पुजा खनालले बताउनुभयो ।
उक्त शिविरमा चिकित्सकीय चेकजाँच र परामर्श, फिजियोथेरापी सेवा, निशुल्क औषधी र सहायक सामग्रीहरु वितरण र प्रेषण सूचना परामर्श सेवा उपलव्ध रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष, प्रमुख प्रसासकिय अधिकृत नर्बदा घिमिरे, अपाङ्ग बाल अस्पतालका कर्मचारी, शाखागत प्रमुख लगायतको सहभागिता रहेको थियो
प्रतिक्रिया दिनुहोस