धादिङ १८ पौष
धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ११ मा सात दिवसीय व्यवसाय सचेतना तालिम सम्पन्न भएको छ ।
बुधबार नीलकण्ठ नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशन द्वारा चालु आ.व. २०८०/०८१ मा कार्यन्वयन हुने गरी, स्वीकृत मेयर उद्यमशीलता विकास कार्यक्रम अन्तर्गतको सात दिवसीय व्यवसाय सचेतना सुरु तालिमको समापन गरिएको हो ।
नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि विश्वकर्माले तालिम लिन चाहने व्यक्तिहरुले आफुले कस्तो किसिमको तालिम लिने कुन प्रकारको सिप सिक्न चाहेको भन्ने बारे प्रष्ट भएमा त्यसै अनुरुपको सिप विकासका तालिम तथा कार्यक्रमहरु उपलब्ध गराउन सहज हुने बताउनुभयो ।
यस्तै किसिमको तालिमहरूको उपयोग सदुपयोग गर्न सकेमा युवाहरु लाई बाहिर जानु नपर्ने र देशमा नै उद्यमी बन्न सकिने बताउनु भयो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर ११ को वडा अध्यक्ष रामबहादुर श्रेष्ठ,.सामाजिक विकास समितिका संयोजक चिनामाया श्रेष्ठ लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस