धादिङ १८ पौष
कोशीलाई ११ रनले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० कपको उपाधि जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा जम्मा १०३ रन बनाउन सक्यो ।
कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ६२, काजल श्रेष्ठले २२, अप्सरी बेगमले ८, लकिता राजवंशीले ६ र सवनम राईले अविजित २ रन बनाए ।
एपीएफका लागि सीता राना मगर र करुणा भण्डारीले १/१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस