धादिङ १८ पौष
धादिङमा मंगलबार राती आगोलागी भएको छ ।
सिद्धलेक गाउँपालिका वडा न १ बैरेनीमा रहेको प्रतिक सेन्टरको गोदाममा बिद्युत सर्ट भई आगोलागी भएको हो । आगोलागी बाट करिब १ करोड बराबरको क्षती भएको प्रोपाईटर तिलक सिम्खडाले बताउनु भयो ।
कम्प्युटर गोदाममा नयाँ र विभिन्न व्यक्ति तथा संघ÷संस्थाका मर्मत गर्न ल्याइएका कम्प्युटर, ल्यापटप, विद्युत इन्भर्टर, एसि लगायतका समानहरु सबै जलेर नष्ट भएको पनि सिंखडाले बताउनुभयो ।
आगोलागी भएपछि निलकण्ठ नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो । आगोलागी बाट करिब १ करोड बराबरको क्षती भएको प्रोपाईटर तिलक सिम्खडाले बताउनु भयो ।
मध्यराती भएको आगलागि नियन्त्रण गर्न नीलकण्ठ नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयबासीलाई करिव ३ घण्टा लागेको स्थानीय भगवान भट्टले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस