धादिङ १५ पौष
धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर १ को वडा भवन आज एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलद्धारा भवन उद्वघाटन गरिएको हो । उहाँले पानसमा दिप बाली र शिला लेखको व्यानर उघारेर भवनको उद्घाटन गर्नुभएको हो ।
अहिले अधिकांस वडाको भवन निर्माण सम्पन्न भइसकेका छन् । ‘वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन सक्दैन,’ मुख्यमन्त्री जमकट्टेलले भन्नुभयो, ‘त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौं ।’ ‘व्यवस्थित वडा कार्यालय भवनहरु निर्माण भएका छन्, यसले कर्मचारी र सेवाग्राही सबैलाई सहज भएको छ ।’ भवनको उद्घाटनमा मुख्यमन्त्री जमकट्टेलले सेवा प्रवाहमा भवन निर्माणले महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।
उहाँले नीलकण्ठ नगरको बिकासको निम्ति प्रदेश सरकार प्रतिबद्धत रहेको बताउँदै बाँकी बिकासका लहरमा प्रदेश सरकारले सहयोग गर्ने उहाँको भनाई थियो ।
यसैक्रममा नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक बिस्वकर्माले प्रत्येक वडामा आफ्नै कार्यालय भवन निर्माण गरी सेवा दिने योजना अनुरूप कार्यालय भवन निर्माण गरिएको बताउनुभयो । सुविधा सम्पन्न भवन नहुँदा सेवाप्रवाहमा समस्या भएको भन्दै उप प्रमुख बिस्वकर्मा अब भवन निर्माणसँगै सेवा प्रवाह पनि सहज हुनेमा विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले भौतिक पूर्वधार निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा पनि प्राथमिकताका साथ काम गरेको उहाँको भनाई थियो ।
नीलकण्ठ न.पा वडा नम्बर १ का अध्यक्ष गणेश गुरुङको सभापतित्व सम्पन्न भएको कार्यक्रममा माओवादि केन्द्र धादिङका संयोजक मनराज भण्डारी ने.क.पा माओवादि नीलकण्ठ नगर समितीका अध्यक्ष शम्भु कुमार श्रेष्ठ, नगर कोषाध्यक्ष कमला तामाङ, बद्री सुबेदि शंकर अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस