धादिङ १५ पौष
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा न्यायिक निरुपणमा अपनाइएको विधि र प्रक्रियाको बारेमा छलफल भएको छ ।
शनिबार धादिङ जिल्ला अदालतका न्यायधीस गोपाल प्रसाद बास्तोला सहितको संयुक्त टोलीद्वारा गाउँपालिकाको न्यायिक निरुपणमा अपनाइएको विधि र प्रक्रियाको बारेमा जानकारी लिएको हो ।
गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा सञ्चालन हुने न्यायिक क्षेत्रको विषयमा आवश्यक चुनौती,विधि प्रकृया र कानुनी प्रावधानबारे छलफल गरिएको हो ।
गाउँपालिकाको इजालस कक्षको अनुगमन र आवश्यक श्रेस्ता तथा कार्यसम्पादनको बारेमा जानकारी लिएपश्चात न्यायधीस बास्तोलाले गाउँपालिकाका न्यायिक समितिका सदस्य कर्मचारीहरुलाई आवश्यक सल्लाह र सुझाव दिएको उपाध्यक्ष देवराज धरेलले रेडियो बिहानीलाई बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस