धादिङ १४ पौष
धादिङमा नेकपा माओवादी केन्द्रको जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत विभिन्न वडाका सम्मेलनहरु भव्य रुपमा सम्पन्न भईरहेको छ ।
शनिबार नीलकण्ठ नगरपालिका वडा नम्बर ११ को वडा सम्मेलन सम्पन्न भएको हो । उक्त सम्मेलनले नमराज लम्सालको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरिएको जिल्ला संयोजक मनराज भण्डारीले बताउनुभयो ।
पार्टीको केन्द्रिय सदस्य अप्सरा सिंखडा,बागमति प्रदेशको कोषाध्यक्ष संगीता भट्टराई,जिल्ला संयोजक मनराज भण्डारी,नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्म,नीलकण्ठ नगर अध्यक्ष शम्भु श्रेष्ठ लगायतको नेता तथा कार्यकर्ताहरुको आतिथ्यतामा उक्त सम्मेलन सम्पन्न भएको हो ।
त्यस्तै थाँक्रे गाउँपालिका वडा नम्बर ३ को ऐतिहासिक दोस्रो वडा सम्मेलन तथा ३ सय जना पार्टी सदस्यको उपस्थितीमा कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । उक्त सम्मेलन बाट इन्चार्जमा आशिक दुदराज,अध्यक्षमा कान्छा शाहि गरि २९ सदस्य वडा कमिटी निर्वाचित गरिएको नेता मान बहादुर तामाङले जानकारी दिनुभयो ।
देश व्यपी सञ्चालनमा रहेको उक्त अभियानले जनप्रिय काम गर्दै संगठनलाई मजबुद बनाउदै आएको छ ।
प्रतिक्रिया दिनुहोस