धादिङ, १० पौष
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नीलकण्ठ नगरपालिका वडा नम्बर–९ को वडा अधिवेशन सम्पन्न भएको छ ।
केन्द्रीय सदस्य अप्सरा सिम्खडा(दिपा) को प्रमुख आतिथ्यता, बागमती प्रदेश समिति कोषाध्यक्ष संगीता भटराई र जिल्ला संयोजक मनराज भण्डारी(शैलेस) को विशेष आतिथ्यतामा सम्पन्न भएको अधिवेशनबाट बलकुमार श्रेष्ठ(श्याम) को अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
अध्यक्षमा निर्विरोध निर्वाचित बलकुमार श्रेष्ठ(श्याम) सहित १५ सदस्यीय समिति चयन भएको हो । नव निर्वाचित अध्यक्ष श्याम द्वन्दकालमा तत्कालीन शाही सेनाबाट गिरफ्तार भई जेल जीवन पनि भोगेका पात्र हुन् । माक्र्सवादी दर्शनबारे राम्रो दखल भएका उनी समाजमा चीर–परिचित पात्र हुन् । युवाहरुमा बदलिदो राजनीनिक परिवर्तनप्रति विशेष चाख रहीरहदा श्याम जस्ता युवा र कृयाशील पात्रले वडाको नेतृत्व गर्नु हुँदा समाजलाई फाइदा नै पुग्ने कुरा ९ नम्बर वडा इन्चार्ज प्रयास रेग्मी बताउनु हुन्छ ।
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत हाल नेकपा(माओवादी केन्द्र) ले देशैभरका वडाहरुमा अधिवेशनको कार्यलाई तिव्रता दिए अनुरुप उक्त वडामा पनि अधिवेशन सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस