धादिङ ९ पौष
वागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्राविधिक शिक्षालाई अझ व्यवस्थित ढंग सञ्चालन गर्नुपर्ने बताउनु भएको छ ।
सोमबार नेत्रावति डब्जोङ गाउँपालिका स्थित निरञ्जना माध्यमिक विद्यालय प्राविधिक शिक्षालयको ६१औँ वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले उक्त कुरा बताउनु भएको हो ।
उहाँले नेत्रावतिको विकासका लागि कृषि पनि एक महत्वपूर्ण क्षेत्र भएको बताउनु भयो । उहाँले नेत्रावति गाउँपालिका विभिन्न फलफूलहरु ओखर सुन्तला, जुनार र किवी जस्ता फलफूल उत्पादनहरूको बजार व्यवस्थापनको लागि प्रदेश सरकारले सहकार्य तथा समन्वय गर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापनको अध्यक्ष डोल बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नेपाली कांग्रेस धादिङका पूर्वसभापति रमेश धमलाको विशेष आतिथ्यता रहेको थियो ।
सोमबार रास्ट्रपति शैक्षिक सुधार अन्तर्गत संधिय सरकारको आर्थिक सहयोगमा नवनिर्मित भवनको समुउघाट्नका गरिनुका साथै उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य मायादेवी शर्मा, जिल्ला समन्वय समितिको उपप्रमुख कुलमान विश्वकर्मा र नेत्रावति डब्जोङ गाउपालिका अध्यक्ष मेघनाथ रिजाल तथा सम्पूर्ण विद्यालयका प्रअ तथा प्रतिनिधी राजनितिक दल पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस