धादिङ १७ कार्तिक
नेपाल दुर संञ्चार शाखा कार्यालय धादिङको भवन ६ वर्षमा पनि अझै बन्न सकेको छैन । चाँदनी राम जे.भी. कम्पनीले २१ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको उक्त भवन निर्माण कार्य हालसम्म पनि अलपत्र परेको छ । २०७० साल चैत १८ गते नेपाल टेलिकम क्षेत्रिय निर्देशनालयसँग ठेक्का सम्झौता गरेको उक्त भवन निर्माण २०७२ पौस १८ गते सम्पन्न गर्नुपर्ने भएता पनि हालसम्म पनि अलपत्र परेको हो । २ करोड २ लाख ४८ हजार ७ सय ९ रुपियाँ ७ पैसाको लागतमा पक्कि चार तले भवन निर्माण गर्न सम्झौता गरिएको भवन अलपत्र परेको छ । लामो समयदेखि निर्माण कार्य सुरु गरिएता पनि निर्माण गरिएका संरचना समेत संरक्षण हुन नसक्दा दिन प्रतिदिन जीर्ण बन्दै गएको छ ।
भवनको अबस्था देख्दा आफूलाई खल्लो महसुश भएको नेपाल दुर संञ्चार शाखा कार्यालय धादिङका प्रमुख श्याममणी अर्यालले बताउनु भयो । नीलकण्ठ नगरपालीका स्थित शान्त बजारमा निर्माणधीन भवन समयमा नै बन्न नसक्दा भवन वरपर अहिले जताततै फोहोरका थुप्रा तथा सडेगलेका बस्तुहरुले भरिएको छ । समयमै आफ्नो भवन निर्माण हुन नसक्दा मासिक ८० हजार भाडा तिरेर कार्यालय सञ्चालन गर्दा टेलिकमलाई वार्षिक करिब १० लाख व्ययभार थोपरिएको छ । उपयुक्त स्थानमा कार्यालयको भवन नहुँदा कार्य सम्पादनमा समेत निकै समस्या उत्पन्न भएको दुर संञ्चार शाखा कार्यालय धादिङले जनाएको छ । तर भवनको पिल्लर र ढलानको काम बाहेक अन्य काम नहुदा संरचनाका सबै भागहरु भत्कन पनि सुरु गरेका छन् । पटक पटक म्याद थप गरेता पनि ठेकेदारले काम नगरेपछि नेपाल टेलिकम क्षेत्रिय निर्देशनालय मार्फत ठेक्का रद्ध गरेको अर्यालले बताउँछन् ।
निर्माणधिन भवन बनाउने जिम्मा पाएका ठेकेदार कम्पनीले गरेको ढिलासुस्ति र लापरवाहीका कारण भवनको काम अलपत्र परेको अर्यालको भनाइ छ । निर्माणधिन भवनको अबस्था हेर्दा अहिले भत्किन सक्ने अबस्थामा पुगेको र भवनको निर्माण कार्य सम्पन्न गर्ने जिम्मा लिएको चाँदनी÷राम जे भी कन्ट्रक्सन र ठेकेदारलाई कानुन अनुसार कारबाही हुने अर्यालले बताएका छन् । कार्यालय संञ्चालनका लागि आवश्यक उपकरणहरु राख्ने सुविधा युक्त कोठा भाडाको घरमा नभएका कारण सेवा प्रदानमा समेत समस्या उत्पन्न भएको छ । भवन अभावका कारण ग्राहाकहरुलाई प्रदान गर्ने सेवा मात्र होइन आफ्नै सामानहरु प्नि सुरक्षित तरिकाले राख्न नपाउदा झनै समस्या थपिएको छ । भवन निर्माणमा दूर सञ्चार प्राधिकरण पक्षले नै तदारुकता नदेखाएको स्थानीय बुद्धिजीविहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस