धादिङ ७ पौष
धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसमा संचालन भएको तीन दिने आधारभूत Y-Adapt तालिमको समापन गरिएको छ ।
विहिवार वागमती प्रदेश सभा सदस्य गोविन्द लम्सालको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको तालिमको शनिबार नीलकण्ठ बहुमुखी क्याम्पसका युवा रेडक्रस सर्कल अध्यक्ष शर्मिला अर्यालको विशेष आतिथ्यत्तामा समापन गरिएको हो ।
तीन दिनसम्म सञ्चालनमा रहेको तालिममा बन्दना पोख्रेल ,गिता रावल, बिसाल चौधरी थारू, रोशन बयलकोटीले प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए ।
नीलकण्ठ नगरपालिका को आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यलय धादिङ जिल्ला शाखाको समन्वयमा तालिमको सञ्चालन गरिएको थियो ।
तालिमको उद्घाटन सत्रमा नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखा सभापति दुर्लभ कुमार तामाङ, नीलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज शर्मा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ लगायत अन्य शिक्षक नायक क्याम्पसका प्राध्यापकहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस