धादिङ ६ पौष
धादिङमा जलवायु परिवर्तन तथा वातावरणीय चुनौति विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार सिविस संस्थाको आयोजना जर्मनको आर्थिक सहयोग र नीलकण्ठ नगरपालिका युथ नेटवर्कको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । नीलकण्ठ नगर युवा सञ्जालका अध्यक्ष सुस्मिता श्रेष्ठको अध्यक्षता जिल्ला समन्वय समितिका उप प्रमुख कुलमान विश्वकर्मको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे,नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वर्म,जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्र,डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्य,कृषि ज्ञान केन्द्र धादिङका प्रमुख निर्मला गुरुङको लगायतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहेले वातावरण जोगाउन हाम्रो वरपरको वातावरणलाई संरक्षण गर्नुपर्ने बताउनुभयो । जलवायु परिवर्तनको असर र यससंग जुध्न नगरपालिकाले कार्यविधी नै बनाएर हरित मार्गको रुपमा बिकास गर्न वृक्षरोपन गरि प्रदुषण रहित प्राकृतिक रुपमा सफासुन्दर नगर बनाउने पक्षमा नगरपालिकाले आवश्यक छलफल गरिरहेको बताउनुभयो । उहाँले युवाहरुको बिकासको सवालमा कार्यक्रम नै बनाएर सिप बिकास सहितको क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गरिरहेको स्पष्ट पार्नुभयो ।
जलवायु परिवर्तनले मानव अस्तित्वको ह्रास हुने कुराहरु विश्वव्यापी रुपमा चर्चा भईरहेको बेला सबै स्थानीय तह,संघसंस्था,नागरिक समूह,पत्रकार लगायतको क्षेत्रबाट प्राकृतिक सम्पदा जल जमिन जंगललाई जोगाउन लाग्नुपर्ने बताउनुभयो । राज्यको विद्यामान कानुनी मान्यतालाई समेत परिमार्जन गरि यस्ता खालको चुनौती संग सामना गर्नुपर्ने बेला आएको समन्वय उपप्रमुख विश्वकर्मले बताउनुभयो ।
डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आर्चायले जलवायु परिवर्तनले मानव स्वास्थ्य, खाद्य अधिकारमा पारेको असर ,समस्या, जलवायु परिवर्तनको सुचक,स्थानीय स्तरमा जलवायु परिवर्तनको समस्याहरु,युवाहरुको भुमिका र समाधानको उपायको बारेमा सहजिकरण गर्नुभएको थियो ।
ईश्वरी कोईरलाले सञ्चालन गरेको कार्यक्रममा युवा सञ्जाल नीलकण्ठ नगरका युवा समिती सदस्यहरु,पत्रकार,गैरसरकारी संस्थाका प्रतिनिधी,सामूदायिक बन उपभोक्ता महासंघ लगायतको प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस