धादिङ ६ पौष
धादिङमा क्रिष्टमसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नीलकण्ठ नगरपालिका वडा नम्बर ३ को धादिङ अस्पताल परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
उक्त रक्तदान कार्यक्रममा ४८ जना महिला र ७५ जना पुरुष गरि जम्मा १२३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । धादिङ ईसाइ समाज धादिङको आयोजना, लायन्स क्लब अफ काठमाण्डौ ब्लड सर्कलको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
जिल्लामा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि रगत संकलन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस