धादिङ १७ कार्तिक
साङ्ग्रिला डेभपलोमेन्ट बंक लि गल्छीको १५ औं स्थापना दिवसको अबसरमा रक्तदाान कार्यक्रमकको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा १८ जना महिला र ५० जना पुरुष गरी ६८ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा गल्छी गाउाँपािलकाका अध्यक्ष कृष्ण हरी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर खड्काको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा विदुर कार्की, गोपि प्रसाद रिमाल, विनोद कार्की, दिपक खड्काको सहभागिता रहेको थियो । साङ्ग्रिला बैँकले सामाजिक उत्तरदायित्व बहन गर्दै हाल देशैभर रगतको चरम अभावलाई कम गर्न रक्तदान कार्यक्रम गरिएको रक्तदान कार्यक्रमका अभियान्ता नारायण कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस