धादिङ ४ पौष
धादिङको नीलकण्ठ नगरपालिकाको वडा नम्बर १२ साङ्कोष दामगाडेमा अस्थायी प्रहरी पोस्टको स्थापना भएको छ ।
बुधबार एक कार्यक्रमको बिच धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको प्रमुख आतिथ्यतामा अस्थायी प्रहरी पोस्टको उद्घाटन गरिएको हो ।
जिल्ला सुरक्षा समिति धादिङको मिति २०८० भाद्र १३ गतेको निर्णय, जिल्ला प्रहरी कार्यालय धादिङको पहल तथा नीलकण्ठ नगरपालिकाको सहयोग एवं समन्वयमा स्थापना गरिएको उक्त प्रहरी पोष्टले नीलकण्ठ नगरपालिकाका वडा नं १२ र १३ मा अपराध न्यूनीकरण, अनुसन्धान र कारवाही, कानून कार्यान्वयन, विपद तथा अन्य घटनाको तत्काल उद्दार तथा व्यवस्थापन लगायतका कार्यमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको प्रमुख अतिथि गैरेले बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्र वडा अध्यक्षहरु , पाटी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस