धादिङ ३ पौष
बुधबार सानिमा बैंक लिमिटेडको १९औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम हुनेभएको छ ।
सानिमा बैंक धादिङ शाखाको आयोजनामा पौष ४ गते बुधबार धादिङ अस्पताल परिसर रक्तदान कार्यक्रम हुने भएको हो । लायन्स क्लब अफ काठमाण्डौ ब्लड सर्कलको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा बिहान १० बजे देखि दिउँसो ४ बजे सम्म कार्यक्रम हुने आयोजकले जनाएको छ ।
रक्तदान कार्यक्रममा सक्रिय सहभागिता जनाई रक्तदान गर्नहुन सम्पुर्ण स्वयमसेवी रक्तदाताहरुलाई आयोजकले अपील गरेको छ ।
प्रतिक्रिया दिनुहोस