धादिङ २८ मंसिर
नेकपा एमाले अध्यक्ष केपी ओलीलाई धनकुटाको लेगुवामा एक व्यक्तिले आक्रमण गरेका छन् ।
संकल्प अभियानको क्रममा धनकुटा र भोजपुरको बीचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष ओलीलाई ती व्यक्तिले आक्रमणको प्रयास गरेका हुन् ।
फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीलाई आक्रमण गरेका हुन्। उनको आक्रमणलगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए ।
महालक्ष्मी–५ धनकुटाका महेश राईले ओलीलाई आक्रमण गरेका हुन् । ओलीमाथि आक्रमण गर्ने महेश राईलाई प्रहरीले रोक्न खोज्दाखोज्दै भीडमा पसेका थिए।
कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बाँस्तोलाका अनुसार उनलाई शंका लागेर सुरक्षामा खटिएका प्रहरीले फूलमाला लगाउने लाइनमा जानबाट रोक्न खोजेका थिए । तर एमाले कार्यकर्ताकै सहयोग लिएर स्वागत गर्ने लाइनमा पुगेका उनले अध्यक्ष ओलीको टाउकोमा मुड्की हानेका हुन् ।
प्रहरीले रोक्न खोजेको तर एमालेकै कार्यकर्ताको सहयोग लिएर लाइनमा छिरेको थाहा भएको डिआइजी बाँस्तोलाले जानकारी दिए।
आक्रमणकारी महेश राईले मादक पदार्थ सेवन गरेको पनि खुलेको डिआइजी बाँस्तोलाले बताउनुभयो ।
संकल्प यात्राका क्रममा धनकुटाको लेगुवा पुगेका ओलीलाई आज आक्रमण भएको हो । मध्यपहाडी संकल्प यात्राका क्रममा भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा फूलमाला र अवीरले स्वागत गर्ने लाइनमा बसेका महेशले ओलीलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।
महालक्ष्मी–५ धनकुटाका महेश राई पहिचानवादी संघ संगठनको कुनै जिम्मेवारीमा भने नरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस