धादिङ २७ मंसिर
धादिङमा सिद्धलेक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता बुधबारदेखि सुरु भएको छ ।
सिद्धलेक गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ स्थित डुमीडांडाको अमर आदर्श माध्यमिक विद्यालयमा सञ्चालन भएको हो ।
बुधबारबाट सुरू भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले गर्नुभएको धादिङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष प्रताप सिंह तामाङले बताउनुभयो ।
गाउँपालिका भित्रको १३ सरकारी र १ निजी गरी १४ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको छ । प्रतियोगिताबाट जिल्ला स्तरिय राष्ट्रपति प्रतियोगिताका लागि खेलाडी छनौट हुने छन् । बुधबारदेखि सुरु भएको रनिङ शिल्ड ३० गते सम्म सञ्चालन हुने छ ।
त्यस्तै गजुरी गा.पा मा पनि तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको समुद्घघाटन भएको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ गजुरी गा.पा द्वारा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको समुद्घघाटन गजुरी गा.पा का कार्यवाहक अध्यक्ष तथा गा.पा उपाध्यक्ष श्री शर्मिला बिसुरालले गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस