धादिङ २५ मंसिर
बेनिघाट रोराङ गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान को समापन कार्यक्रम सम्पन्न भएको छ ।
लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको एक्यवद्धता भन्ने मूल नाराका साथ नोभेम्बर २५ अर्थात मंसिर ९ गते देखि सुरु भएको अभियानको (डिसेम्बर १० ) अर्थात मंसिर २४ गते आईतबार समापन गरिएको हो ।
गाउँपालिकाले पालिका भित्रको १० वटै वडामा लैङ्गिक हिंसा तथा महिला हिंसा सम्बन्धी विभिन्न सचेतना मूलक कार्यक्रम सम्पन्न गरेपश्चात आईतबार पालिका कार्यलयमा सम्पूर्ण अभियानको समापन गरिएको हो । गाउँपालिकाले समाजमा हुने विभिन्न खालका हिंसा, असमानता र विभेदको अन्त्य गर्दै शोषण रहित समाजको स्थापनामा सहयोग पुर्याई सबैलाई सम्मानपूर्वक जीवनयापन सार्न सहयोग पुर्याउने उद्देश्यका साथ १६ दिने अभियान सञ्चालन गरिएको थियो ।
आईतबार सामाजिक विकास समितिका संयोजक टेकनाथ सिलवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादूर थपलिया (विवेक) को प्रमुख आतित्थ्यता रहेको थियो भने गाउपालिका उपाध्यक्षमा टाप वहादुर श्रेष्ठ रहनु भएको थियो । कार्यक्रममा विभिन्न समुहबाट उपस्थित भएकाहरुले आफ्नो आफ्नो रचना प्रस्तुत गरेका थिए ।
त्यस्तै पालिकाले लैङ्गिक हिंसा र विभेदको अन्त्यमा पुरुषको भुमिका विषयमा पालिका स्तरमा माध्यमिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिताको विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै महिला पुरुष वरावर र एक अर्काको पूरक हुन भन्ने कुराको आभाष दिलाउनको लागि पालिकाले जोडीमा स्याउ खाने खेलको आयोजना पनि गरेको थियो थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गााउँपालिका उपाध्यक्ष श्रेष्ठले गााउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनको अवसरमा आयोजना गरेको स्याउ खाने कार्यक्रमको उद्देश्य भनेकै समाजमा विद्यमान रहेको श्रीमानले श्रीमतीको जुठो खानुहुदैन भन्ने अन्धविश्वासलाई न्युनिकरण गर्ने र श्रीमान र श्रीमती एक रथका दुई पाङ्ग्रा हुन र दुई वटा पाङ्ग्रा मिलेर चले सफलता पुर्वक अगाडी बढ्न सकिन्छ भन्ने सन्देश दिनु रहेको बताउनुभयो । साथै उँहाले लैङ्गिक हिंसाको अन्त्य गर्न १६ दिनको अभियान मात्र नभएर सधै भरी यस किसिमका अभियान सञ्चालन हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बेनीघाट रोराङ गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत नर्वदा घिमिरे,महिला अधिकार कर्मि संगिता कंडेल (दिपा), विभिन्न वडाका वडाका अध्यक्षहरु, विभिन्न आमा समुहहरु, कर्मचारीहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस