धादिङ २५ मंसिर
धादिङको गंगाजमुना गाउँपालिकामा नागरिकता तथा पञ्जीकरण सम्बन्धीबारे एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आईतबार गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालय धादिङको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाट प्रवाह हुने सेवा बारे अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिका अन्तर्गतका ७ वटै वडाका वडाध्यक्ष, वडासचिव तथा पञ्जिकरण शाखामा कार्यरत कर्मचारीका लागि १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो । यसबाट सेवा प्रवाहका सम्बन्धमा स्थानीय तहका कर्मचारी र जनप्रतिनिधीमा रहेको द्विविधा, अन्यौलता र अस्पष्टताको अन्त्य भई स्पष्टता, एकरूपता र सहजता हुने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाको अध्यक्षता प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे,उपाध्यक्ष रामेश्वर सिंखडा,प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ लगायतको बिशेष आतिथ्यता रहेको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारीदले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस