धादिङ २१ मंसिर
धादिङको निलकण्ठ नगरपालिका वडा नंम्बर १४ धुवाँकोटमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
विहिबार एक सुचना जारी गर्दै मंसिर २३ गते शनिबार धुवाँकोटको गनेडाँडा स्थित गौरीशंकर आधारभूत विद्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।
शिविरमा स्त्री तथा प्रसुती रोग, मधुमेह, पेट, छाती, हाड जोर्नी, मुटु रोग, दन्त रोग परिक्षण, बाल स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी वितरण एवं क्यान्सर सचेतना कार्यक्रम संचालन हुने सहकर्मी सुमन अधिकारीले बताउनुभयो ।
लायन्स क्लव चितवनको आयोजना र स्थानीय जन आवाज युवा क्लव, विद्यार्थी उपकार संघ र कुपा युवा समाज र नेपाल रेडक्रस सोसाईटी धुवाँकोट उपशाखाको सह–आयोजनामा संञ्चालन हुने शिविरमा विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य चेकजाँच गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस