धादिङ २० मंसिर
धादिङको नेत्रावती डब्जोङ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मीन बहादुर तामाङले समयमै काम सम्पन्न गर्ने उपभोक्ता समितीलाई आगमी आर्थिक वर्षका योजनाहरुमा सहकार्य गर्दै लैजाने बताउनुभएको छ ।
मंगलबार गाउँपालिकाद्धारा आयोजित जनप्रतिनिधी कर्मचारी तथा उपभोक्ता समिती पदाधिकारीहरुका लागि १ दिने क्षमता अभिबृद्धिकरण कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले सो कुरा बताउनुभएको हो ।
समयमै काम सम्पन्न गर्ने उपभोक्ता समितीलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने बताउदै अहिलेको जनप्रतिनिधी जनताको दैनिकी र सरोकार राख्ने विषयमा केन्द्रित हुँदै वडा कार्यालयबाट प्रवाह हुने सेवासुविधा सहजै रुपमा प्रदान गरिरहेको बताउनुभयो ।
विगतका वर्षहरुमा उपभोक्ता समितीले मापदण्डमा तोकिएको भन्दा कमसल काम गर्ने र तोकिएको भन्दा धेरै काम गर्ने खर्चिलो पनि स्वंयम उपभोक्ता समितीले गरिरहेको हुँदा बिकासका योजनामा निरन्तरता दिन अफ्यारो भईरहेको स्मरण गर्नुभयो ।
उहाँले स्थानीय सरकारले बजेट पनि दिने कार्यन्वयनको पक्षमा पनि सहज रुपमा तालिम प्रदान गरिने हुँदा आगमी योजनाका कार्यहरु समयमै सम्पन्न गरि नमुना उपभोक्ता समिती बन्न आग्रह गर्नुभयो ।
गाउँपालिकाको ५ वटै वडामा सञ्चालन हुने तालिममा योजना कार्यन्वयन प्रकृया,सामग्री खरिद,स्थानीय बिकास ऐन तथा कानुन,उपभोक्ता समितीको प्रकार,भविष्यमा पर्न सक्ने चुनौतीको बारेमा गाउँपालिकाअध्यक्ष मेघनाथ रिजाल,प्रमुख प्रशासकीय अधिकृत हारेराम शाह,प्राविधिक शाखामा कार्यरत नवराज काफ्ले,योजना शाखाका राज कुमार श्रेष्ठ,स्टोर शाखामा कार्यरत ज्ञानेन्द्र दाहल लगायतले सहजीकरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस