धादिङ १९ मंसिर
धादिङको नीलकण्ठ नगरपालिकामा २ दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
नीलकण्ठ नगरपालिकाको आयोजनामा १४ वटै वडाका निर्वाचित जनप्रतिनिधीका दलित महिला तथा महिला सदस्यहरुको लागि कानूनी विषयमा अभिमुखीकरण कार्यक्रमको गरिएको हो । नीलकण्ठ नगरपालिकाको उपप्रमुख दिपक विश्वकर्माको अध्यक्षता,प्रमुख प्रशासकीय अधिकृत पूरुषोत्तम सुवेदीको प्रमुख आतिथ्यतामा २ दिने कार्यक्रमको समापन गरिएको हो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उपप्रमुख विश्वकर्माले दलित महिला सदस्यहरुका लागि नगरपालिकाले विविध नितिनियम बनाएर अगाडी बढको र यस कार्यहरुको लागि सम्पूर्ण महिला सदस्यहरुले छलफल गरेर अगाडी बढ्नका लागि सहयोग गर्नुपर्ने बताउनुभयो ।
दुइ दिने तालिम लिईसके पछाडी दलितहरुको हक अधिकारको लागि आवाज उठाउन सक्ने प्रेरणा मिलेको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का दलित महिला सदस्य विमला वराईलिले बताउनुभयो ।
त्यसैगरी दुई दिनको तालिम बाट आफुहरुले स्थानीय संचालन ऐन निर्वाचित महिला सदस्यहरुको काम कर्तव्य र अधिकार विकास र सहभागितामा महिलाको भुमिका जस्ता कानुनी प्रावधानहरुबारे सिकेको र आफ्नो वडामा गएर सम्पुर्ण महिलाहरुको लागि हक र अधिकारको बारेमा कुरा उठाउने वडाका महिला वडा सदस्य दुर्गा अधिकारीले बताउनु भयो ।
त्यस्तै वडा नम्बर १३ का महिला सदस्य एलिना राई गुरुङले महिलाहरु प्रतिनिधित्व गर्नकालागि तयार भएतापनि परिवार तथा पुरुष जनप्रतिनिधिहरुको साथ र सहयोग नमिल्दा अगाडी बढ्न असहज भइराखेको बताउनुभयो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाको सामाजिक विकास शाखाको संयोजक चिनामाया श्रेष्ठ, कर्मचारीहरु लगाएत १४ वटै वडाका महिला वडा सदस्यहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस