धादिङ १९ मंसिर
धादिङको गजुरी गाउँपालिकाका उपाध्यक्ष सर्मिला विसुरालले लैङिगक हिंसाको अन्त्य गर्नु नै सभ्य समाज बिकासको आधार तय गर्नु रहेको बताउनुभएको छ ।
सोमबार रेडियो बिहानीसंग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । हाम्रो समाजमा भए गरेका यौन हिंसा,घरेलु हिंसा,लैङिगक हिंसा जस्ता सामाजिक अपराधजन्य क्रियाकलापहरुलाई अन्त्य गर्न समाजमा बृहत्तर रुपमा सचेतना फैलाउन आवश्यक रहेको उपाध्यक्ष बिसुराललले बताउनुभयो ।
संबृद्ध गजुरी गाउँपालिका निर्माण गर्न गाउँपालिकाले शैक्षिक,आर्थिक तथा भौतिक बिकास,कृषि तथा पर्यटन,गरिबी न्युनीकरण,सिप बिकास जस्ता कार्यक्रमहरुलाई ससक्त रुपमा काम गरिरहेको बताउनुभयो ।
नागरिक सचेतनामुलक कार्यक्रमहरु प्रत्येक वडाहरुमा एउटा अभियान नै बनाएर सञ्चालन गरिरहेको बताउदै लैङिगक हिंसा विरुद्धको १६ दिने विश्वव्यापी अभियानलाई बर्षभरिनै सञ्चालन गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
सचेत नागरिक,आमा समूह,मानवअधिकारवादी शक्ति,स्थानीय तहका राष्ट्रसेवक कर्मचारी,जनप्रतिनिधी,प्रहरी युनिट एक भएर गाउँपालिकामा सचेतना अभियान सञ्चालन गरिरहेको उपाध्यक्ष बिसुरालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस