धादिङ १८ मंसिर
धादिङको सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालले लैङिगक हिंसाको १६ दिने विश्वव्यापी अभियानलाई गाउँपालिकाले निरन्तरता दिने बताउनुभएको छ ।
सोमबार रेडियो बिहानीसंग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । यौन हिंसा,घरेलु हिंसा,लैङिगक हिंसा जस्ता सामाजिक अपराधजन्य क्रियाकलापहरुलाई अन्त्य गर्न समाजमा नियमित सचेतना फैलाउन आवश्यक रहेको उपाध्यक्ष अर्यालले बताउनुभयो ।
उहाँले गाउँपालिकाको संबृद्धमा महिलाको पनि महत्वपुर्ण ऐतिहासिक योगदान रहेको स्मरण गर्दै महिलाहरुको क्षमता अभिबृद्धिमा लगानी गर्न गाउँपालिकाले यो बर्ष केहि महत्वपुर्ण योजनाहरु छुटेको स्पष्ट पार्नुभयो ।
आफु सामाजिक कार्यबाट नै राजनितीमा आएको हुनाले कार्यन्वयनको पक्षमा रहिरहँदा महिलाहरुले सहजै रुपमा घरपरिवार समाजमा भईरहेका हिंसा,अपमान,लैङिगक विभेद जस्ता कार्यहरुमा खुलेर प्रस्तुत हुन र रिपोर्ट गर्न आग्रह गर्नुभयो ।
लोकतन्त्रको सुन्दर पक्ष नै समावेशी,समानता भएकाले सुशासन संगै संबृद्ध गाउँपालिका निर्माणमा सबै पक्षको साथ सहयोग सल्हासुझावको अपेक्षा रहेको स्पष्ट पार्नुभयो ।
गाउँपालिकाको प्रत्येक वडाहरुमा अभियानका साथ आमा समूह,महिला अधिकारकर्मी,सहकारी संस्था,स्थानीय तहका राष्ट्रसेवक कर्मचारी,जनप्रतिनिधी,समूदाय प्रहरी लगायतले सचेतना कार्यक्रम गर्दै आएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस