धादिङ १६ मंसिर
उत्तरी धादिङको गंगाजमुना गाउँपालिकाले गंगाजमुना माई तथा झरना क्षेत्रलाई व्यवस्थित र दिगो रूपमा विकास गर्ने उद्देश्यले गंगाजमुना विकास समिति गठन गरिएको छ ।
गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाको संयोजकत्वमा विशेष कार्यदल गठन गरिएको छ । जसको समितीमा गाउँपालिका उपाध्यक्ष,सात वटै वडाका वडा अध्यक्ष,कानुनी सल्लाहकार र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने गरि ११ सदस्यीय कार्यदल गठन भएको हो ।
कार्यदलको संयोजक भक्त बहादुर लामाले गंगाजमुना माई र झरना क्षेत्रको जग्गा एकीन गर्नको लागि छिट्टै नै कानुन बमोजिम नापी तथा मालपोत कार्यालय, धादिङ र आवश्यकतानुसार अन्य निकायसँग समन्वय गर्ने समेत बताउनु भएको छ । कार्यदल नै बनाएर बिकास गरेमात्रै चाहेजस्तो बिकास हुने भएकाले बिकास समिती गठन गर्नुपर्ने भएको स्पष्ट पार्नुभयो ।
कार्यदलले कानुनी सल्लाहकार,विज्ञ र सरोकारवालासँग समन्वय एवं परामर्श गरी ऐेन तथा नियमावली बनाएर विकास समिति वा विकास कोष गठन गर्ने र यस क्षेत्रको विकासको लागि गठन हुने विकास समितिलाई हस्तान्तरण गर्ने पनि छलफल भएको प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले रेडियो बिहानीलाई जानकारी दिनुभयो ।
देशकै पर्यटकीय तथा धार्मिक स्थल गंगाजमुना माई मेला हरेक बर्षको हरि बोधनी एकादशीको अवसर पारेर मेला लाग्ने गर्दछ । पवित्र गंगाजमुना झरनाको दर्शन गर्दा सुख शान्ति,आर्थिक उन्नती,सन्तान प्राप्ति,शारिरका रोगहरु निको हुने,तनाव मुक्त हुने जस्ता धार्मिक आस्था रहेको छ । यस बर्षको उक्त मेलामा देशका १० वटा भन्दा बढि जिल्लाका श्रद्धालु भक्तजनहरुको सहभागी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस