धादिङ १६ मंसिर
धादिङमा न्यायिक क्षमता अभिवृद्धि सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङको आयोजनामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय,मालपोत कार्यालय र डिभिजन बन कार्यालयका मुद्दा शाखा तथा नीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा कार्यरत कर्मचारीहरूका लागि न्यायिक क्षमता अभिवृद्धि सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई जिल्ला न्यायाधिवक्ता दशरथ पंगेनी नीलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी र धादिङ जिल्ला अदालतका तहसिलदार ध्रुवप्रसाद सुवेदीले सहजीकरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस