धादिङ १५ कार्तिक
धादिङमा प्रहरी शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यलय धादिङको सभाहलमा जिल्ला प्रहरी कार्यालय धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको सहयोगमा शिक्षक प्रहरी प्रशिक्षण कार्यक्रम सुरु भएको हो । उक्त प्रशिक्षणमा नीलकण्ठ नगरपालिका भित्रका ३० वटा विद्यालयका सामाजिक विषय अध्यापन गर्ने शिक्षकहरुको सहभागिता रहेको थियो ।
समुदाय प्रहरी साझेदारी अभियानअन्तर्गत लैङिगक हिंसा विरुद्धको विश्वव्यापी १६ दिने अभियानकै क्रममा शिक्षक मार्फत अभिभावक र विद्यार्थीलाई समाजमा भए गरेका कानुन विपरितका कार्यहरु गर्न नदिन तथा सचेत रहन उक्त प्रशिक्षण कार्यक्रमले सहयोग पुग्ने धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले रेडियो बिहानीलाई बताउनुभयो ।
उहाँले जिल्ला प्रहरी कार्यालय धादिङले विभिन्न स्थानीय तहहरुमा जनचेतनामूलक कार्यक्रम गर्दै आए पनि पर्याप्त नभएकाले विभिन्न प्रकारका अपराध न्यूनिकरणबारे प्रशिक्षण गरिएको बताउदै यस्ता गतिविधिहरुबारे विद्यालयमा शिक्षकले अनुकुल तवरले प्रशिक्षण दिन सकिने सउद्देश्यले प्रहरी शिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको मिश्रले बताउनुभयो ।
तालिम समापन पश्चात शिक्षकहरुलाइ प्रहरी शिक्षक नियुक्त गरिएको र प्रहरी शिक्षक नियुक्तिको प्रमाण पत्र वितरण गरीएको मिश्रले बताउनुभयो ।
कार्यमक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रै अधिकारी,सहायक जिल्ला प्रमुख अधिकारी,नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत,गैर सरकारी महासंघ नेपाल, यूनिसेफ नेपाल, संचारकर्मीहरु उपस्थित रहेको थियो । गत मंसिर ९ गतेदेखि सुरु भएको लैङिगक हिंसा विरुद्धको विश्वव्यापी १६ दिने अभियान आगमी मंसिर २४ गते सम्पन्न हुनेछ ।
प्रतिक्रिया दिनुहोस