धादिङ १६ कार्तिक
उद्योग वाणिज्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङको छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले खडानन्द त्रिपाठीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाकी निवर्तमान अध्यक्ष शान्तिमाया श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष रुद्र बहादुर खत्री, पूर्व अध्यक्ष बोधनाथ दुवाडी लगायतको विशेष आतिथ्यता रहेको थियो । नव निर्मित कार्यसमितिको उपाध्यक्षमा ईश्वर धरेल, महासचिवमा बलराम खत्री, सचिवमा शरण कुमार श्रेष्ठ र कोषाध्यक्षमा हेम प्रसाद रिजाल रहेको कार्यसमिति सदस्य शुक्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस