धादिङ ९ मंसिर
धादिङ्को पाल्पा भन्ज्याङमा सञ्चालन गरिएको धार्मिक महोत्सवबाट २६ लाख २३ हजार ३ सय १३ रुपैयाँ सङ्कलन भएको छ ।
शनिबार निलकण्ठ नगरपालिका ९ पाल्पा भन्ज्याङ्मा पत्रकार सम्मेलन गरी धार्मिक महोत्सव तथा महायज्ञबाट सङ्कलन भएको आम्दानी रकम र खर्च भएको बिवरण सार्वजनिक गरिएको हो ।
यही असोज ४ गतेदेखि पाल्पा भन्ज्याङ्मा आयोजना गरिएको धार्मिक महोत्सव तथा महायज्ञ असोज ११ गते सम्पन्न भएको थियो । धार्मिक महोत्सवमा स्थानीयवासी,विविन्न गाउपालिका ,सरोकारवालाहरुले दान र चन्दा सहयोग गरेको श्रीमद्द भागवत मुल आयोजक समितिका अध्यक्ष पशुपतिनाथ लम्सालले जानकारी दिनुभयो ।
सनातन हिन्दु धर्ममा जातपात ,छुवाछुत हटाइ सबै वर्ग समुदायको संलग्नतामा पुजापाठ गरी हिन्दु धर्मको जगेर्ना गर्दै विभेदमुक्त समतामुलक समाज बनाउने, उठेको रकमबाट मनकमना डाँडामा मनकामना मन्दिर बनाउनुको साथै शहिदपार्क समेत निर्माण गरी आन्तरिक तथा वाह्य धार्मिक पर्यटकिय गन्तव्य स्थल बनाउने ,देश तथा विदेशमा छरिएर बस्नुहुने सम्पुर्ण नेपालिहरुलाइ मनकामना मन्दिर को प्रचार प्रसार गर्दै धार्मिक प्रवर्धन गर्ने र अगामी दिनहरुमा मनकामना मन्दिरमा दशै पुर्णिमाको दिन स्थानिय मादल ,झुर्म, पन्चेबाजा सहितको फुलको डोलिले मन्दिर सिगार्ने वार्षिक रुपमा नियमित पुजा लगाउने र स्थानिय सँस्कृति, धार्मिक, प्रवर्धन र परम्पराको निरन्तर जगेर्ना गर्दै आउने पुस्तालाइ सस्कार र सस्कृतिको पहिचान गराउने उदेश्यले धार्मिक महोत्सव आयोजना गरिएको थियो ।
धार्मिक महोत्सवबाट सङ्कलन भएको २६ लाक २३ हजार ३ सय १३ रुपैयाँ बाट सम्पुर्ण खर्च १५ लाख ३९ हजार ७ सय ५० रुपैया कटाएर बाकी रकम १० लाख ८३ हजार ५ सय ६३ रुपौया भने सिदार्थ बैक शाखा, धादिङ्मा मन्दिर र पार्क निर्माणको लागी सयुक्त खातामा राखिएको मनकामना मन्दिर तथा पाल्पा भन्ज्याङ हरियाली शहिद पार्क निर्माण समितीको अध्यक्ष पशुपतिनाथ लम्सालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस