धादिङ १४ कार्तिक
नीलकण्ठ नगरपालिका वडा नं. ९ को कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । तिहार बिदाको समय पारी नीलकण्ठ नगरपालिक वडा नं. ९ ज्यामिरेमा रहेको कार्यालयमा तोडफोड गरिएको हो । अज्ञात समूहले कार्यालयको मेन गेट सहित ५ वटा ढोका, स्टिल दराज र वडा अध्यक्षको कार्यकक्षमा भएको टेबुल घर्राको लक तोडेको वडा अध्यक्ष भोज बहादुर रेग्मीले बताउनु भयो । तिहारको समयमा कार्यालय बन्द भएकाले कहिले तोडफोड गरिएको एकिन गर्न नसकिएको अध्यक्ष रेग्मीले बताउनु भयो । लुटपाट गर्ने उद्देश्यले कार्यालय तोडफोड गरिएता पनि एउटा मेलमिलाप सम्बन्धी फाइल बाहेक अरु कागजपक्र तथा भौतिक सामाग्रीहरु नहराएको अध्यक्ष रेग्मीको भनाइ छ । बिहिबार कार्यालय समयमा कार्यालय खोल्न जाँदा कार्यालय सहयोगीले तोडफोड गरिएको देखेपछि जिल्ला प्रहरी कार्यालयमा खबर गरिएको थियो । घटनास्थलमा प्रहरीको टोलीले अनुगमन गर्दा चाडपर्वमा मादक पदार्थ सेवन गर्नेहरुले कार्यालय तोडफोड गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रुपक खड्काले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस