धादिङ ८ कार्तिक
धादिङको वेनीघाट रोराङ गाउँपालिकामा लैङिगक हिंसा विरुद्ध दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।
लैङिगक हिंसा विरुद्धको विश्व व्यापी १६ दिने अभियान(नोभेम्बर २५ देखि डिसेम्बर १० – २०२३,अर्थात मंसिर ९ देखि १४ सम्म) को शुभारम्भको अवसरमा वडा नम्बर ३ मलेखु बजार पेट्रोलपम्प चौतारामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो ।
‘‘लैङिगक हिंसा अन्त्यको सुनिश्चितता–महिला र वालवालिकामा लगानीको ऐक्याबद्धता’’भन्ने अन्तराष्ट्रिय मुल नारासाथ गाउँपालिकाको आयोजनामा सम्पन्न गरिएको महिला अधिकार कर्मी दिपा कँडेलले रेडियो बिहानीलाई बताउनुभयो ।
समाजमा हुने सबै प्रकारका हिंसा,असमानता र विभेदको अन्त्य गर्दै शोषण रहित समाज स्थापनामा सहयोग पुराउने उद्धेश्यले लैङिगक हिंसा विरुद्ध एकजुट हुन आह्वान गर्दे दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विबेकले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया विबेक,प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे,राष्ट्रसेवक कर्मचारी,महिला अधिकार कर्मी,समाजसेवी,विभिन्न राजनैतिक दल,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी लगायत बुद्धीजिवीहरुको सहभागीता रहेको थियो ।
मंसिर ९ गते सुरु भएको अभियान १४ गते विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरि समापन हुने गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस