धादिङ ६ मंसिर
धादिङबेशीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसको २४ औं स्थापना दिवस मनाईएको छ । आज क्याम्पसले एक कार्यक्रमको आयोजना गरि आफ्नो दिवस मनाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघिय सांसद एवम नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले नीलकण्ठ बहुमुखी क्याम्पस चलेन भने सदरमुकामको महत्व नै सकिने बताउनुभयो ।
पछिल्लो समय धेरै विद्यार्थीहरु वैदेशीक रोजगारीमा जानेक्रम बढेको कारणले गर्दा पनि क्यापसमा विद्यार्थीको संख्यामा कमी आएको बताउदै क्याम्पसको स्तरउन्नतीको लागि जनप्रनितिधी, अभिभावकहरु र सरोकारवला निकाय निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो ।
क्याम्पसलाई प्राविधिक धार तर्फ लैजाने कुरामा आफु निरन्तर लागि परिरहेको र छात्रावास भवन निर्माणको काम तत्काल सुरु हुने पनि सांसद अधिकारीले बताउनुभयो । नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले विद्यार्थीहरु विदेश पलायन हुनेक्रम बढ्दै जाँदा शिक्षा क्षेत्रमा कहाली लाग्दो अवस्था सिर्जना भएको बताउनुभयो ।
यस तर्फ सबै मिलेर नयाँ ढगंको बहस गर्नुपर्ने आवश्यक रहेको बताउनुभएको छ । १२ कक्षा सम्म अध्ययन गर्ने विद्यार्थीहरुले अहिलेदेखि नै उच्च शिक्षा अध्ययनको विदेश रोज्ने हुनाले अहिले क्याम्पसमा विद्यार्थीको संख्यामा कमि आएको क्याम्पस प्रमुख नवराज शर्माले बताउनुभयो ।
कार्यक्रमको अवसरमा नीलकण्ठ बहुमुखी क्याम्पसको वर्ष उत्कृष्ट प्राध्यापक र वर्ष उत्कृष्ट कर्मचारीबाट प्राध्यापक सुरेन्द्र, शाह र इस्वित श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस